यातायात कार्यालय चाबहिल पुग्ने सडकको बिजोग

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको सडक हिलाम्मे हुँदा सेवाग्राही मारमा परेका छन्।

काठमाडौँ– सेवाग्राहीको चाप भइरहने चाबहिलस्थित यातायात व्यवस्था कार्यालय पछाडिको सडकको अवस्था हिलोले बेहाल भएको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको सडक हिलाम्मे हुँदा सेवाग्राही मारमा परेका छन्।

null

 सडकको अवस्था लामो समयदेखि बिजोग हुँदा पनि सम्बन्धित निकायले चासो देखाएका छैनन्। यहाँ दैनिक गाडीहरू हिलोमा फस्ने र चिप्लिएर लड्ने गरेका छन्।

सडकको दुरावस्थाले यातायात कार्यालयको सेवा पनि प्रभावित भएको छ। पानी नपरेको समयमा धुलोले सास्ती हुने गरेको छ।

null

null

null

nullnull