पहिरोले कोदारी राजमार्ग अवरुद्ध, ६०० कन्टेनर रोकिए

लेदो निरन्तर बगिरहेकाले पन्छाउन कठिनाइ भएको छ। कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको व्यवसायीले बताएका छन्।

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन्। 

भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो  खसेको १२ दिन भयो। पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए। करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ । 

कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको उनले जानकारी दिए। सरकारले पहिरो पन्छाउन कुनै पनि प्रयास नगरेको उनको गुनासो छ। 

चरिकोटस्थि सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको बताए। लेदो रोकिना साथ बाटो खोलिने उनको भनाइ छ।