पेस्तोल र ७ राउन्ड गोलीसहित १ जना पक्राउ

काठमाडौँको चमतीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– काठमाडौँको चमतीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो एक बजेको समयमा प्रहरी वृत्त बालाजुबाट डीएसपी ज्ञानबहादुर विष्टको कमान्डमा खटिएको टोलीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो। चमतीमा शिवराज दराईको कोठामा शंका लागेर खानतलासी गर्दा लुकाएर राखिएको अवस्थामा अटोमेटिक एक थान पेस्तोल, म्याग्जिन दुई र ७ राउन्ड गोली बरामद गरिएको हो। दराईलाई भने प्रहरीले टोखास्थित होटलको कोठाबाट पक्राउ गरेको हो।

उनमाथि हातहतियार खरखजाना सम्बन्धी मुद्दामा प्रहरी वृत बाजालुले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। पक्राउ परेका दराईविरूद्ध २०७८ असोज १८ मा कीर्तिपुर वृत्तमा अभद्र व्यवहार मुद्दा र २०८० कात्तिक १९ मा लागुऔषधको मुद्दा समेत चलेको प्रहरीको तथ्यांकले देखाएको छ।