टप एन्ड टी–२०: नर्दर्न टेरिटोरी स्ट्राइकरसँग नेपाल पराजित

अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० शृंखलामा नेपाल स्थानीय क्लब नर्दर्न टेरिटोरी (एनटी) स्ट्राइकरसँग पराजित भएको छ।

काठमाडौँ– अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० शृंखलामा नेपाल स्थानीय क्लब नर्दर्न टेरिटोरी (एनटी) स्ट्राइकरसँग पराजित भएको छ।

नेपाललाई एनटीले ४२ रनले हराएको हो। एनटीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। गुल्शन झाले २६ रन तथा कप्तान रोहित पौडेलले २३ रन बनाए।

एनटीका म्याट हामोन्डले ३ विकेट लिए भने टम एन्ड्रयुज र केन रिचार्डसनले २/२ तथा हामिश मार्टिनले १ विकेट लिए।

अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउन्डमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एनटीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियो। 

एनटीका लागि ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। त्यसैगरी टम एन्ड्रयुजले अविजित ३२ रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने शाहब आलमले दुई विकेट झारे। त्यस्तै गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान एक/एक विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।