खानी विभागका महानिर्देशक मोनिका झालाई २०८२ साउन २६ गते उपमहानिर्देशकको रूपमा शिक्षा मन्त्रालयमा सरुवा गरिएपछि विभागभित्रै असन्तोष उत्पन्न भएको छ।
काठमाडौँ– खानी तथा भूगर्भ विभागमा महानिर्देशकको अचानक सरुवाले तरंग सिर्जना गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खानी विभाग महानिर्देशक मोनिका झालाई २०८२ साउन २६ गते उपमहानिर्देशकको रूपमा सरुवा गरिएपछि विभागभित्रै असन्तोष उत्पन्न भएको छ।
झा विभागको पहिलो महिला महानिर्देशक पनि हुन्। उनलाई २०८२ वैशाख २२ गते महानिर्देशकमा नियुक्त गरिएको थियो। तर तीन महिनापछि भने उनी खानी विभागको उपमहानिर्देशक भएको भन्दै शिक्षा, विभाग तथा प्रविधि मन्त्रालयमा सरुवा भएपछि विवाद बढेको छ।
उपमहानिर्देशक भनेर मन्त्रिपरिषद्को बैठकको निर्णय प्रक्रिया अन्यायपूर्ण भएको मोनिका झाले बताइन्। उनले भनिन्, “यस्तो अन्यापूर्ण सरुवा गरियो। महानिर्देशकलाई उपमहानिर्देशक भनेर सरुवा गर्न पाइन्छ? यसरी चलखेल व्यापारिक स्वार्थमा सरुवा गर्नु अन्याय हो। म यो निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने तयारीमा छु।”
खानी विभागको उपमहानिर्देशक रहेका दिनेशकुमार नापितलाई उद्योग मन्त्रालयले महानिर्देशकको जिम्मेवारी दिएको हो।
नापित आजै खानी विभाग लैनचौरमा पदबहालीका लागि पुगेका छन्। महानिर्देशकलाई उपमहानिर्देशक भनेर सरुवा गरेपछि कतिसम्म विवाद बढेको छ भने एकथरी कर्मचारी नापितलाई स्वागत गर्न लाइनमा उभिएका छन् भने अर्कोथरी अन्यायपूर्ण निर्णय भएको भन्दै विरोधमा उत्रिएका छन्।

तर मोनिका झा अहिलेसम्म कार्यालयमा रहिरहेकी छन्। उनी महानिर्देशक निदेश नेपालीको राजीनामापछि वरिष्ठताका आधारमा नियुक्त भएकी थिइन्। झा महानिर्देशकको नेतृत्वमा विभागले राजस्व संकलन र कार्यालय सञ्चालनमा उल्लेखनीय गति देखाएको तथ्यांकमा देखिन्छ।
झाले थपिन्, “खानी विभागमा अहिलेसम्मकै उच्च राजस्व संकलन भयो। १ अर्ब ६० करोड रुपैयाँ संकलन भएको छ। कार्यालयका कामहरू पनि छिटो–छिटो सम्पन्न भइरहेका छन्। विभागलाई विभाग नठान्ने व्यापारीहरूलाई कारबाहीसमेत गरिएको छ।”
महानिर्देशकलाई उपमहानिर्देशक भनेर सरुवा गरेपछि विभागमा सरुवाप्रति आन्तरिक असन्तोष बढेको छ। कर्मचारीहरूले अन्याय भएको भन्दै आवाज उठाइरहेका छन्। तथापि, दिनेशकुमार नापित आज मन्त्रिस्तरीय निर्णयपछि विभाग पुगेका हुन्।
झा यो निर्णयविरुद्ध कानुनी प्रक्रिया थाल्ने तयारी गरिरहेकी छन्। “यो देशमा कानून छ, न्याय छ। म यसमा विश्वास गर्छु,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
