मनसुनको अवस्था कमजोर, मध्यम वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी तथा तराई भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी तथा तराई भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।