निर्माणको अन्तिम चरणमा नागढुंगा सुरुङ [तस्वीरहरू]

सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ।

निर्माणको अन्तिम चरणमा नागढुंगा सुरुङ [तस्वीरहरू]
प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– नेपालको सडक पूर्वाधार विकासमा नयाँ आयाम थप्दै नागढुंगा र धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। नेपालमा सडक निर्माणको इतिहास राणाकालदेखि नै शुरू भएको विभिन्न अभिलेखहरूमा पाइन्छ। विसं. १९८० को दशकबाटै काठमाडौँ उपत्यकामा पहिलो सडक निर्माण भएको र विसं. १९९८ मा मानिसले बोकेर सवारीसाधन उपत्यकामा ल्याइएको उल्लेख छ। काठमाडौँ उपत्यका बाहिरको पहिलो सडक ४२ किलोमिटर लामो अमलेखगन्ज–भीमफेदी सडकलाई लिइने गरिन्छ। यसरी करिब एक शताब्दी लामो सडक निर्माणको अनुभवपछि अब नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपालको सडक पूर्वाधारमा नयाँ आयाम थपिने भएको हो।

null

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गरी नागढुंगा सुरुङ निर्माण शुरू गरिएको थियो। सुरुङ सञ्चालन कार्य र कार्यविधि तयार गरेर औपचारिक रूपमा सञ्चालन गर्न मात्र बाँकी छ।

सुरुङमा मुख्य र सहायक गरी दुई वटा मार्ग रहेका छन्। मुख्य सुरुङमार्गमा सवारीसाधन सञ्चालन गरिन्छ। सहायक सुरुङमार्ग आपत्कालीन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो।

null

पूर्वीखण्ड ( काठमाडौँतर्फ) २.५ किमी एप्रोच सडक निर्माण गरिएको छ। जसअन्तर्गत बलम्बुमा निर्माण गरिएको ओभरपास अन्तिम चरणमा छ।

हाजमा कर्पोरेसन जापानले निर्माणको जिम्मा लिएको थियो। तीन महिनाभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको कम्पनीका कन्सल्टेन्ट इन्जिनियर रमेश कोइरालाले जानकारी दिए।

null

जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ गरी जम्मा २२ अर्ब लागतमा सुरुङमार्ग निर्माण कार्य सम्पन्न भएको उनले बताए।

करिब पौने ३ किमीको दूरी रहेको सुरुङमार्ग प्रयोगका लागि साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्कसमेत निर्धारण गरिसकेको छ।

null

जस अनुसार कार/भ्यानहरूलाई काठमाडौँ आउँदा ६५ र काठमाडौँबाट फर्किदा ६० रुपैयाँ शुल्क लाग्ने छ। मिनी बस र मिनी ट्रकलाई काठमाडौँ आउँदा ११५ र काठमाडौँबाट जाँदा ८० रुपैयाँ शुल्क लाग्ने छ। त्यस्तै बस र ट्रकले काठमाडौँ आउँदा २६० र काठमाडौँबाट जाँदा २०० रुपैयाँ शुल्क तिर्नु पर्ने छ। 

null

भारी उपकरणले भने काठमाडौँ आउँदा ६०० र काठमाडौँबाट जाँदा २५० रुपैयाँ शुल्क तिर्नु पर्ने छ। यस सुरुङमार्गमा दुईपांग्रे सवारीसाधनले भने प्रवेश गर्न पाउने छैनन्।

सुरुङमार्ग आगामी माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ। खुला प्रतिस्पर्धाबाट निजी कम्पनीलाई यो सुरुङमार्ग सञ्चालनको जिम्मा दिने तयारी सरकारको छ। 

null

सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ।

नयाँ प्रविधिको प्रयोग, सुरुङमा विभिन्न यन्त्र जडान, सुरुङमार्गमा ट्राफिक स्थितिको जानकारीका लागि कन्ट्रोल रुमलगायत हरेक १५० देखि २०० मीटरको दूरीमा सीसी क्यामेरा जडान गरिएको छ।

null

सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टर र अक्सिजनको प्रवाहलाई कायम राख्न १५ वटा जेट फ्यानको प्रयोग गरिएको छ। आपत्कालीन सञ्चारका लागि टेलिफोनसमेत जडान गरिएको छ।

nullnullnull