अपरिचित व्यक्तिले गोली प्रहार गर्दा हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको मृत्यु भएको छ।
मलंगवा– सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।
यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए।
मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको डीएसपी राईले बताए।
दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को हो? भनी सोधेर नै गोली प्रकार गरेका स्थानीयको भनाइ छ। गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत वसन्तपुरमा दुर्घटनामा परेको थिए।
जसमध्ये एक जना फरार छन्। अर्का घाइतेको प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको प्रहरी छ। घटनामा संलग्नहरूको पहिचान भइसकेको डीएपसी राईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
