कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा एक जनाको मृत्यु भएको घटना छानबिन गर्न जिल्ला स्तरीय समिति गठन गरिएको छ।
मुगु– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डिकेशनाथ योगीको शनिबार निधन भएपछि परिवारजनले उपचारमा लापरबाही भएको आरोप लगाएका छन्।
उनीहरूले चिकित्सकले लापरबाहीपूर्वक उपचार गरेका कारण उनको मृत्यु भएको दाबी गर्दै प्रतिष्ठानको समग्र उपचार व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएका छन्।
योगीको मृत्यु घटनाको छानबिनका लागि शनिबार प्रतिष्ठान परिसरमा विभिन्न दलका नेता, जनप्रतिनिधि, स्थानीय समाजसेवी र योगी परिवारका सदस्यहरूको उपस्थितिमा जिल्ला स्तरीय समिति गठन गरिएको छ।
सो समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य रहेका छन्। सदस्यहरूमा बद्रीनाथ योगी, रतननाथ योगी, विष्णुबहादुर महत र मीनबहादुर रावलसहित सात जना रहेका छन्।
यस समितिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समग्र उपचार व्यवस्थापनको सम्बन्धमा अध्ययन–छानबिन गरी प्रतिवेदन पेश गर्नेछ।
छलफलमा प्रतिष्ठानले पीडित परिवारलाई उचित राहत उपलब्ध गराउने विषयमा पहल गर्ने र तीन दिनभित्र स्पष्ट व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ।
बैठकमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य रतन नाथ योगी, माओवादी केन्द्रका विष्णुबहादुर महत, स्थानीय जनप्रतिनिधि, चिकित्सक तथा योगी परिवारका आफन्तहरूको उपस्थिति रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
