पानी ढुवानी गर्ने ट्रक २–३ दिनमा मात्र आउने भएकाले मानिसहरू धमिलो पानीको जोहो गर्न संघर्ष गरिरहेका छन्। पानी नआउँदा समुद्रको पानी प्रयोग गर्न बाध्य हुन्छन्, जुन स्वास्थ्यका लागि झनै खतरनाक हुन्छ।
गाजाको केन्द्रमा रहेको मुवासी शिविरमा बसोबास गरिरहेका लाखौँ विस्थापित चर्को गर्मी, पानीको चरम अभाव र पानीजन्य रोगसँग जुधिरहेका छन्। दूषित पानी पिउनुपर्ने बाध्यताले उनीहरूको स्वास्थ्य संकट झन् बढ्दै गएको छ।
बिहानै घाम चर्किनुअघि पानीको लाइनमा उभिन बाध्य आमाहरू धमिलो र प्रदूषित पानी लिएर फर्किन्छन्। त्यही पानी आफ्ना साना छोराछोरीलाई पिउन दिन्छन्। “हामीसँग अर्को विकल्प छैन” एक स्थानीय महिला भन्छिन्, “यही पानीले हामी र हाम्रा छोराछोरी बिरामी भइरहेका छौँ।”
यस प्रकारको अवस्था अहिले गाजाको सामान्य दिनचर्या बनेको छ। प्रत्येक थोपा पानीको ठूलो महत्त्व हुने भएकोले मानिसहरू पिउने, पकाउने, धुने र नुहाउने कार्यका लागि पानीलाई बाँडिचुँडी प्रयोग गरिरहेका छन्।
पानी ढुवानी गर्ने ट्रकहरू दुई–तीन दिनमा मात्र आउने भएकाले मानिसहरू धमिलो पानीको जोहो गर्दै बाँच्न संघर्ष गरिरहेका छन्। पानी नआउँदा केही मानिस समुद्रको पानी बोतलमा भरेर प्रयोग गर्न बाध्य हुन्छन्। यो स्वास्थ्यका लागि झनै खतरनाक हुन्छ।
स्वास्थ्य संकट गहिरिँदै
पछिल्लो २२ महिनायता इजरायलको आक्रमणपछि गाजामा पानीको पहुँच अत्यन्त सीमित भएको छ। इन्धन र बिजुलीको आपूर्तिमा रोक, समुद्री पानी शुद्ध गर्ने केन्द्रको बन्द अवस्थाले यो संकटलाई अझ चर्काएको छ। पानीका पाइपलाइन नष्ट भएका छन्, पूर्वाधार बमबारीमा ध्वस्त छ र अधिकांश इनार अब पहुँचयोग्य छैनन्।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनआरडब्लूए)का अनुसार अहिले गाजाका स्वास्थ्य केन्द्रहरूमा साप्ताहिक झन्डै १० हजार ३०० जना पानीजन्य संक्रमण (विशेषगरी झाडापखाला) का बिरामीहरू उपचारका लागि पुगिरहेका छन्। युनिसेफले दिएको तथ्यांकअनुसार, फेब्रुअरीमा झाडापखालाको दर २० प्रतिशत मात्र थियो, जुन जुलाईमा बढेर ४४ प्रतिशत पुगेको छ—जसले बालबालिकामा निर्जलीकरणको खतरा बढाएको छ।
गाजाको पानी सेवा प्रमुख मोन्थर शोब्लाकका अनुसार, अहिले धेरै मानिसहरू गहिरो जमिनबाट निकालिएको नुनिलो र अशुद्ध पानी पिउन बाध्य छन्। पहिले यस्तो पानी सरसफाइ गर्न वा खेतीपातीका लागि मात्र प्रयोग गरिन्थ्यो। उनीहरूले अस्पताल र नागरिकलाई प्राथमिकता दिएर पानी बाँडिरहेका छन्, जसको अर्थ नाली र ढल सफा गर्न चाहिने पानी रोक्नुपरेको छ। शोब्लाक भन्छन्, “खानाबिना केही दिन बाँच्न सकिन्छ, तर पानीबिना सकिँदैन।”
आशा र त्रासको दोसाँध
इजरायलले हालै केही पाइपलाइन पुनः जडान गरेको छ भने एउटा शुद्धीकरण केन्द्रलाई बिजुली दिएको छ। साथै, संयुक्त अरब इमिरेट्सको सहयोगमा मिस्रको सीमामा बन्न लागेको नयाँ शुद्धीकरण केन्द्रबाट पानी आपूर्ति शुरू हुने आशा गरिएको छ।
तर, मानवीय सहायता समूहहरूले चिन्ता व्यक्त गर्दै यदि इजरायलले अझै नयाँ सैन्य कारबाही थाल्यो भने, विशेषगरी गाजा सहर र मुवासी क्षेत्रमा, पानी र सहायता पुनः अवरुद्ध हुन सक्ने बताएका छन्।
मुवासीको शिविरमा बसोबास गरिरहेका होस्नी शाहीन भन्छन्, “पानीले बच्चा पेट दुख्छ। छोराछोरीलाई यो पानी दिँदा हामी सुरक्षित छौँ जस्तो लाग्दैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
