हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–फाखेल–दक्षिणकाली सडक र त्रिभुवन राजपथमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ।
मकवानपुर– हेटौँडा–काठमाडौँ जोड्ने दुई प्रमुख सडकखण्डमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौँडा–फाखेल–दक्षिणकाली सडक र त्रिभुवन राजपथ दुवै अवरुद्ध भएका छन्।
हेटौँडा–फाखेल–दक्षिणकाली काठमाडौँ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, ज्यामिरेमा शनिबार बिहान ९ः३० बजेतिर सुक्खा पहिरो खसेको थियो।
यस्तै, त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९, लामिडाँडानजिकै ढुंगा र रूख खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दुवै ठाउँमा डोजर परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
