अलास्का वार्तामा रुससँग युद्धविरामबारे सहमति नभएपछि ट्रम्पले जेलेन्स्कीसँग टेलिफोनमा कुरा गर्दै उनलाई वासिंटन भ्रमणको निम्तो दिएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको शिखर सम्मेलन युक्रेनमा युद्ध रोक्ने सम्झौताबिनै अन्त्य भएपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिका भ्रमणमा जाने भएका छन्। उनले सोमबार वासिंटनमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने बताएका छन्।
अलास्का वार्तामा युद्धविरामबारे कुनै सहमति नभएपछि ट्रम्पले जेलेन्स्कीसँग टेलिफोनमा कुरा गर्दै उनलाई वासिंटन भ्रमणको निम्तो दिएका थिए।
शनिबार बिहान जेलेन्स्की र युरोपेली नेताहरूसँगको टेलिफोन वार्ताका क्रममा ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका थिए, “रुस र युक्रेनबीचको भयानक युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो तरिका भनेको सिधै शान्ति सम्झौतामा जानु हो, जसले युद्ध समाप्त गर्नेछ, केवल युद्धविराम सम्झौतामा होइन, जुन प्रायः टिक्दैन।”
उनको यो भनाइले राष्ट्रपति पुटिनको अघिल्लो टिप्पणीलाई समर्थन गर्छ। रुस अस्थायी युद्धविराममा रुचि नराख्ने र मस्कोको हितलाई ध्यानमा राखेर दीर्घकालीन समाधान खोजिरहेको उल्लेख थियो।
शिखर सम्मेलनका लागि अलास्कामा आमन्त्रित नगरिएका जेलेन्स्कीले ट्रम्पसँग ‘लामो र ठोस’ कुराकानी भएको बताए। उनले वासिङ्टनमा व्यक्तिगत भेटको निम्तोका लागि ट्रम्पलाई धन्यवाद दिँदै ‘हत्या र युद्ध अन्त्य गर्नेसम्बन्धी सबै विवरण’ छलफल गरिने बताए।
जेलेन्स्कीको यो अमेरिका भ्रमण फेब्रुअरी २८ मा ओभल अफिसमा भएको बैठकपछि पहिलो हुनेछ, जहाँ उनले ट्रम्पलाई सार्वजनिक रूपमा ’अनादर’ गरेको भन्दै आलोचना गरेका थिए।
युक्रेनी राष्ट्रपतिले ट्रम्पलाई यदि त्रिपक्षीय बैठक नभएको वा रुसले युद्धको इमानदार अन्त्यबाट बच्न खोजेको खण्डमा रुसमाथि प्रतिबन्ध कडा पार्नुपर्ने बताएका छन्। उनले एक विज्ञप्तिमा भने, “प्रतिबन्धहरू एक प्रभावकारी उपकरण हुन्।”
जेलेन्स्कीले युक्रेनका लागि महत्त्वपूर्ण सबै मुद्दाहरू युक्रेनको सहभागितामा छलफल गरिनुपर्ने र कुनै पनि क्षेत्रीय मुद्दा युक्रेनबिना निर्णय गर्न नसकिने कुरा दोहोर्याएका छन्।
ट्रम्पसँगको वार्ता र युरोपेली नेताहरूसँगको समन्वयपछि जेलेन्स्की भन्छन् कि उनको अडान स्पष्ट छ, “वास्तविक शान्ति प्राप्त हुनुपर्छ, जुन स्थायी हुनेछ, रूसी आक्रमणबीचको अर्को विराम मात्र होइन।” उनले हत्याको अन्त्य, जमिन र आकाशमा युद्धविराम, युक्रेनी युद्धबन्दीको रिहाइ र लडाइँ जारी रहँदा रुसमाथि दबाब कायम राख्न आह्वान गरेका छन्।
जेलेन्स्कीले युरोप र अमेरिका दुवैको संलग्नतामा भरपर्दो र दीर्घकालीन रूपमा सुरक्षाको ग्यारेन्टी गरिनुपर्नेमा पनि जोड दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
