दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन् ।
सिन्धुली– दुधौली नगरपालिका–१, गिचिहानीको बस्तीमा शनिबार दिउँसो आएको बाढीले १० घर डुबानमा परेका छन् भने एक जना घाइते भएका छन्। अविरल वर्षापछि विचित्रा खोलामा आएको बाढी बस्तीमा पसेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार, अचानक घरमा बाढी पसेपछि भाग्ने क्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते भएकी छन्। उनलाई उद्धार गरी उपचारका लागि दुधौली नगर अस्पताल लगिएको छ।
स्थानीयले विष्णुमती नदी र महादेव खोलाको दोभान क्षेत्रमा खोला साँघुरो हुने गरी दायाँबायाँ लगाइएको पर्खालका कारण खोलाको पानी सडक हुँदै घरघरमा पसेको बताएका छन्।
बाढीले दनुवारसँगै ध्यानवतीकुमारी दनुवार, बुद्धलाल कुमार, आशा अधिकारी दनुवार, लक्ष्मीकुमारी दनुवार, संगीता थापा, शिवनाथ दनुवार, निसा दनुवार, बृर्जलालकुमार दनुवार र केदार गिरीको एक तले घरमा पानी पसेको छ।
प्रहरी उपरीक्षक सुवेदीले बाढीबाट मानवीय क्षति भने नभएको र पीडितहरूका लागि अस्थायी आवासको व्यवस्थापन गर्ने कार्य भइरहेको जानकारी दिए।
बीपी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक
यसैबीच, जिल्ला प्रशासन कार्यालयले जिल्लामा मनसुन सक्रिय रहेकाले वर्षातका कारण विपद्को अवस्था सिर्जना हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बीपी राजमार्गको सिन्धुली-खुर्कोट सडक खण्डमा भदौ १ गतेदेखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा पुनः रोक लगाइएको जानकारी दिए।
स्थानीय प्रशासनले गत साउन १ गतेदेखि नै रातिको समयमा उक्त सडकमा सवारी सञ्चालनमा रोक लगाउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
