कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

मनसुन केही कमजोर बने पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहिरहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ।

साथै,  बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। मधेशलगायत कोशी र बागमतीसहित बाँकी प्रदेशका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति कोशी, मधेश र सुदूरपश्चिमका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

मधेशलगायत कोशी, गण्डकी र सुदूरपश्चिमको पहाडी तथा तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ। कोशीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।