जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको छ।
राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पिपरामा करेन्ट लागेर दम्पतीको मृत्यु भएको भएको छ।
मृत्यु हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
उनका अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले जंगली जनावरबाट धानबाली जोगाउन विद्युतीय तार खुला छाडेर बार लगाएका थिए। सोही तारमा परेर सरदार दम्पतीको मृत्यु भएको हो।
घरदेखि करिब १५० मिटर पूर्वमा रहेको खेतमा जाने क्रममा बाटोमा उनीहरूलाई करेन्ट लागेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
