नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।
काठमाडौँ– नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।
सो अवसरमा राष्ट्रपति पौडेलले भारतले हासिल गरेको प्रगतिबाट नेपालले लाभ लिइरहेको र भविष्यमा अझ बढी लाभान्वित हुन चाहेको बताए। राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने, “एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रूपमा भारतले सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा गरेको प्रगतिबाट हामी प्रसन्न छौँ। एक मित्र एवं निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ लिएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ।”
राष्ट्रपति पौडेलले नेपाल र भारतबीच शताब्दीऔँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहेको उल्लेख गर्दै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए। उनले भारत सरकारको ‘छिमेक पहिले नीति’को नेपाल सराहना गर्ने बताए।
प्रेस सल्लाहकार पोखरेलका अनुसार, विदेशसचिव मिश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल उच्च प्राथमिकतामा रहेको जानकारी दिए। विदेशसचिवले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवं विकासका लागि ‘कनेक्टिभिटी’ विस्तारका साथै पारस्परिक हित र चासोका विषयमा सम्बद्ध अधिकारीहरूसँग छलफल गर्ने अवसर मिलेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
