पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ।
कालीकोट– पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय जुम्ला, प्रहरीलगायतको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको हो। गएरातिदेखि निरन्तर वर्षा भइरहेकाले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड आइतबार बिहानैदेखि अवरुद्ध बनेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार, राजमार्गअन्तर्गत कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने मार्ग अवरुद्ध भएको थियो। पहिरो पन्छाएर आइतबार दिउँसोदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालयले खिड्की ज्यूला, गगने, बिहानी, नाग्मालगायत सबै ठाउँको अवरोध हटाएर यातायात सञ्चालन गरिएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
