विपद्का घटनामध्ये आगलागी र चट्याङका कारण धेरै मानिसको मृत्यु भएको छ।
काठमाडौँ– यो वर्षको चार महिना (गएको वैशाख १ देखि आज भदौ १ गतेसम्म) दुई हजार ८८१ विपद्जन्य घटनामा परेर १३० जनाको मृत्यु छ। ती घटनामा परेर चार महिनामा २२ जना बेपत्ता, ५९७ जना घाइते तथा पाँच हजार १४१ परिवार प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता, उपसचिव शान्ति महतका अनुसार, मुख्यगरी आगलागीका बढी घटना भएका छन् भने चट्याङका कारण पनि धेरैको ज्यान गएको छ। प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा बाढीका २२३ घटनामा २१ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्।
पहिरोका ३१८ घटनामा १६ जनाको मृत्यु, भारी वर्षाका २८७ घटनामा चार र चट्याङका २४८ घटनामा २९ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
यसैगरी, सर्पदंशका ७७ घटनामा ११, आगलागीका एक हजार १२३ घटनामा १५, हावाहुरीका २७७ घटनामा आठ, जनावर आक्रमणका १७४ घटनामा १४ र लेक लागेका ४६ घटनामा १२ जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ।
प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै ४४ विपद्का घटना भएकामा तीन जनाको मृत्यु भएको जनाएको छ। ती घटनामा १२ जना घाइते भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
