प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्।

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका सचिव मिस्रीले आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भएको शिष्टाचार भेटका क्रममा सो निमन्त्रणा दिएका हुन्। भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले यो जानकारी दिए।

उनका अनुसार भेटका अवसरमा दुई पक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान र आपसी सम्बन्धका विभिन्न पक्षमा कुराकानी भएको थियो। भ्रमणको मितिबारे दुवै पक्षले अहिलेसम्म आधिकारिक रूपमा घोषणा गरेका छैनन्। दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझदारीबाट भ्रमणको कार्यतालिका सार्वजनिक गरिने बताइएको छ।