सर्वोच्च बार एशोसिएशनको अध्यक्षका लागि लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशंकर निरौला र प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले उम्मेदवारी दिएका छन्।
काठमाडौँ– सर्वोच्च बार एशोसिएशनको नयाँ कार्यसमिति चयनका लागि पुस २३ गते निर्वाचन हुने भएको छ।
निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबिच प्रतिस्पर्धा हुने भएको छ। दुई समूहले प्यानलसहित मनोनयन दर्ता गरिसकेका छन्। निर्वाचनमा कानुन व्यवसायीहरू बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षमा लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशंकर निरौला र प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले उम्मेदवारी दिएका छन्।
यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्लेको उम्मेदवारी परेको छ। सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्रीको उम्मेदवारी छ।
यसैगरी सहसचिव, कोषाध्यक्ष र महिला सदस्यका लागि क्रमशः लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट संगीना शाक्य, लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल र लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेल उम्मेदवार बनेका छन्। सर्वोच्च बारमा ६२१ जना मतदाता छन्। सर्वोच्च बारमा दुई वर्षको कार्यकाल रहन्छ।
यसअघि पनि २०७७ पुस २३ गते नै नयाँ कार्यसमितिका लागि निर्वाचन भएको थियो। पदमा एक मिनेट पनि बढी बस्न नहुने सिद्धान्तअनुसार सोही दिन निर्वाचन गर्न लागिएको सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
