म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलको विजयी शुरूआत

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हराउँदै विजयी शुरूआत गरेको छ।

काठमाडाैँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हराउँदै विजयी शुरूआत गरेको छ। गएराति भएको खेलमा आर्सनलले युनाइटेडलाई १–० गोलले हराएको हो।

डिफेन्डर रिकार्डो कालाफियोरीले १३औँ मिनेटमा गोल गर्दै आर्सनललाई जित दिलाए। यो जितसँगै आर्सनलले आफ्ना सम्भावित प्रतिद्वन्द्वी लिभरपुल र म्यानचेस्टर सिटीसँगै विजयी शुरूआत गरेको छ।

यस्तै, गएराति भएका अरू खेलमा नॉटिंघम फरेस्टले ब्रेन्टफोर्डलाई ३–० गोलले हराउँदा चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले।

प्रिमियर लिगमा आज राति लिड्स युनाइटेड र एभर्टन खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरू हुनेछ।