विसं २०११ मा ‘झटारो’ गितीसंग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दनले गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका छन्।
चितवन– कवि तथा संगीतकार प्रेम विनोद नन्दनको आइतबार राति निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा चितवन मेडिकल कलेज (सीएमसी)मा उपचारका क्रममा निधन भएको हो।
नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार नन्दन लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित थिए। विसं २०११ मा ‘झटारो’ गितीसंग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दनले गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका छन्।
उनका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन्। गिती संग्रह अञ्जली २०२३, सपनीबाट ब्युझेर २०२३, विपनीका पाइलाहरू २०५२, ऐनाभित्रको आकाश २०६३, सिद्धार्थको गृह त्याग लघु काव्य २०७४ र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित भएका छन्। यस्तै राष्ट्रिय गान छनोटका क्रममा उहाँको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो।
प्रधानका अनुसार उनले लामो समय बागेश्वरी, दोभान, मारुनी, गोधुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पदान गरेका थिए। अनौपचारिक शिक्षा आर्जन गरेर गीत संगीत र साहित्यमा लागेका नन्दन कलाकार पनि थिए।
विसं १९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मेका नन्दन पछि बसाइँ सरेर चितवनको नारायणगढ आएका हुन्। उनी छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन्। उनलाई रथारोहण तथा सम्मानसमेत गरिएको थियो।
उनको पार्थिव शरीरको आज धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। नन्दन नारायणी कलामन्दिरको पूर्वअध्यक्ष र सल्लाहकार थिए। उनका श्रीमती, तीन छोरा र तीन छोरी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
