माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेन निर्माण, टावरप्याड राख्ने तथा तार बिछ्याउने कार्यको स्थानीयले विरोध गर्दै आएका छन्।
काठमाडौँ– माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेसन निर्माणस्थलमा भएकाे आन्दोलनमा पक्राउ गरेकालाई रिहा गर्न स्थानीयले माग गरेका छन्।
सबस्टेन निर्माण, टावरप्याड राख्ने तथा तर बिछ्याउने कार्यको स्थानीयले विरोध गर्दै आएका छन्। सोही विरोध क्रममा प्रहरीले आइतबार जयमान वाइवा र राजमान स्यांबाे तथा साेमबार लवाङ लामालाई पक्राउ गरेको थियाे। राष्ट्रिय सीमान्तिकरणविरुद्ध अभियानले विज्ञप्ति निकाल्दै पक्राउ परेकाको बिना सर्त रिहा र निर्माणस्थलमा ‘राज्य आतंक’ बन्न गर्न चेतावनी दिएको छ।
शुरूमा काभ्रेको मण्डनदेउपुर–१ मा बन्ने भनिएको परियोजनालाई शंखरापुर–३ मा सार्न स्थानीयको मन्जुरी र सार्वजनिक सुनुवाइसमेत नगरेको विज्ञप्तिमा उल्लेख छ। नेपाल विद्युत् प्राधिकरणले भूमाफियाहरूकाे चलखेलमा परेर प्रहरी परिचालन गरी न्यूनतम मानव अधिकारसमेत हनन गरेको बताइएको छ।
साथै उक्त परियोजना नेपालले हस्ताक्षर गरेका विभिन्न सन्धिविपरीत रहेकाले लगानी फिर्ता लैजान र स्थानीयको विराेधकाबीच काम अघि नबढाउन चेतावनी दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
