बोर्डले दुवै कम्पनीलाई १०/१० हजार रुपैयाँ जरिबाना र तीन महिनासम्म विज्ञापन तथा सूचना दिन/लिन, साथै सूचना प्रकाशन तथा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाएको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को कमर्सियल राइट्स पाएको ब्रान्ड डिजिटल लजिक र ‘इभेन्ट स्ट्राटेजी एन्ड मार्केटिङ कन्सल्ट्यान्ट’ नियुक्त ट्वेन्टी फर्स्ट सेन्चुरी स्पोर्ट्स् मार्केटिङलाई विज्ञापन बोर्डले कारबाही गरेको छ। आइतबार विज्ञापन बोर्डको बोर्ड बैठकले दुवै कम्पनीलाई बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न भएको भन्दै कारबाही गरेको हो।
बैठकका निर्णय सोमबार सार्वजनिक गरेको बोर्डले दुवै कम्पनीलाई १०/१० हजार रुपैयाँ जरिबाना गर्ने र तीन महिनासम्म विज्ञापन तथा सूचना दिन/लिन, साथै सूचना प्रकाशन तथा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाएको छ।
“उक्त अवधिसम्म उक्त एजेन्सीलाई बोर्डमा सूचीकरणसमेत नगर्ने निर्णय गरेको छ। बोर्ड बैठकबाट उपरोक्तबमोजिम कारबाहीको निर्णय भएकोले २०८२/०७/२० गतेसम्म ब्रान्ड डिजिटल लजिक प्रालि र टीसीएम प्रालिसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न नगराउनु हुन सबै विज्ञापनदाता तथा सञ्चारमाध्यमलाई अनुरोध छ,” बोर्डले जारी गरेको सूचनामा भनिएको छ।
त्यसैगरी, बोर्डले नेपाल क्रिकेट संघलाई बोर्डको विभिन्न पत्रको जवाफ पेश नगरेको र पेश गरेको जवाफ पनि चित्त बुझ्दो नभएको भन्दै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ट) तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को दफा ११ख (१) बमोजिम बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्ने, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ एवं अन्य प्रचलित ऐन तथा नियम विपरीत विज्ञापन नगर्न सचेत गराएको छ।
एनपीएलमा विदेशी कम्पनीमार्फत आएका स्टार स्पोर्टस् च्यानलबाट विज्ञापन प्रसारण भएको र जुवा खेल्ने खेलाउने साइट (वान एक्स ब्याट, उल्फ ७७७ र डाफा न्युज) लगायतका विज्ञापन खेलाडीका टिसर्ट र ग्राउन्डमा राखिएको भन्दै बोर्डमा उजुरी परेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
