टप एन्ड टी२० सिरिज: हुरिकेन्सलाई नेपालले दियो १८१ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको हो।

काठमाडौँ– अस्ट्रेलियामा जारी टप एन्ड टी२० शृंखलाअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सलाई १८१ रनको लक्ष्य दिएको छ। 

अस्ट्रेलियाको काजालिस एरिनामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको हो। 

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए। आशिफ शेखले २९, कुशल भुर्तेलले २७ तथा भीम सार्कीले १८ रन बनाए। लोकेश बम २५ रनमा अविजित रहे।

नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो।