सरदार भीमबहादुर पाँडे काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तति हुन्। पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत हुन्।
काठमाडौँ– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्वीरअंकित हुलाक टिकट प्रकाशन गरेको छ।
काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाएका हुन्।
मन्त्री गुरुङले विभागले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकट जीवन्त बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए। “हुलाक टिकटले इतिहास जोगाउँछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन मद्दत गर्छ,” उनले भने।
सरदार पाँडे देशभक्त काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तति हुन्। पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत थिए। प्रशासन, कूटनीतिक, लेखनलगायत समाजसेवामा पाँडेले गरेको योगदानको सम्मान स्वरूप हुलाक टिकट प्रकाशन गरिएको मन्त्री गुरुङले बताए। यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई प्रेरणासमेत मिल्ने उनको भनाइ छ।
विभागले पछिल्लो समय देशभक्त र राजनीतिज्ञसँगै समाजमा लोपोन्मुख रैथाने बाली, संस्कृति, परम्परा र जनजीवनका तस्वीरअंकित हुलाक टिकट प्रकाशन गरी प्रचारप्रसार गर्न थालेको छ।
कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्त र छोराछोरी सहभागी थिए। जसमा उनका माइला छोरा हिमालय पाँडेले बुबा भीमबहादुर पाँडेको नाममा हुलाक टिकट प्रकाशन गरिनुले राष्ट्रबाट सम्मानित भएको महसुस गरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
