यसअघि लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले मंगलबार आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सलाई ६६ रनले हराउँदै जित हात पारेको हो।
काठमाडाैँ– अस्ट्रेलियामा जारी टप एन्ड टी२० शृंखलाअन्तर्गत नेपालले पहिलो जित दर्ज गरेको छ।
यसअघि लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले मंगलबार भएको आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सलाई ६६ रनले हराउँदै जित हात पारेको हो।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १६.१ ओभरमा ११४ रनमा अलआउट भयो। नेपालको जितमा नन्दन यादवले १७ रन खर्चेर ५ विकेट लिए। त्यस्तै, कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले समान १/१ विकेट लिए।
होबार्ट हुरिकेन्सका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ रन बनाउँदा जेन कर्टेन २० रनमा नटआउट रहे।
यसअघि अस्ट्रेलियाको काजालिस एरिनामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए। आशिफ शेखले २९, कुशल भुर्तेलले २७ तथा भीम सार्कीले १८ रन बनाए। लोकेश बम २५ रनमा अविजित रहेका थिए।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइक, दोस्रो खेलमा बांग्लादेश ए र तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
