मकवानपुरको मनहरी गाउँपालिका–६, हाङलाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बागमती – चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका–६, हाङलाङमा मंगलबार एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामका लागि भेला भएका बेला दिउँसो अचानक चट्याङ खसेको थियो। चट्याङ लागेर स्थानीय ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै, १२ वर्षीय बर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवनका ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन्। घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
