मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी सिँचाइको दीर्घकालीन समाधानका रूपमा ५०० डिप बोरिङ जडान गर्ने सरकारले बताएको छ। तर सिरहामा जडान भएकामध्ये करिब ६० प्रतिशत बोरिङहरू सञ्चालनमा छैनन्।
सिरहा– सिरहा जिल्लामा सिँचाइका लागि गाडिएका ४३३ वटा डिप बोरिङमध्ये आधाभन्दा बढी हालसम्म सञ्चालनमा आउन सकेका छैनन्। कृषि ज्ञान केन्द्रका अनुसार प्राविधिक संरचना, विद्युत् ट्रान्सफर्मर, पाइप लाइनको अभाव र स्थानीय समिति गठनमा चासो नहुनुजस्ता प्रमुख कारणले बोरिङ सञ्चालनमा आउन नसकेका हुन्।
केन्द्र प्रमुख नरेन्द्रकुमार महासेठले यहाँको गोलबजार नगरपालिकामा गाडिएका १५४ डिप बोरिङमध्ये ३२ वटा, धनगढीमाई नगरपालिकामा २४ मध्ये १७, भगवानपुर र नवराजपुर गाउँपालिकामा सात–सात वटा बोरिङमध्ये पाँच–पाँच, कर्जन्हा नगरपालिकामा २८ मध्ये १६, विष्णुपुर गाउँपालिकामा पाँचमध्ये तीन र सखुवानन्कारकटी गाउँपालिकामा १० वटामध्ये एउटासमेत सञ्चालनमा नआएको बताए।
यस्तै, बरियारपट्टी गाउँपालिकामा १७ मध्ये १०, मिर्चैया नगरपालिकामा ३३ मध्ये २४, अर्नमा गाउँपालिकामा १५ मध्ये १४, सिराहा नगरपालिकामा २६ मध्ये १५, कल्याणपुरमा एक, लक्ष्मीपुर पतारीमा २१ मध्ये सबै, सुखीपुरमा १० र नरहा गाउँपालिकामा ४१ मध्ये ३२ वटा सञ्चालनमा आउन सकेका छैनन्। लहान नगरपालिकामा पनि १६ मध्ये १३ वटा बोरिङ सञ्चालनमा आउन सकेका छैनन्।
“कतिपय पालिकामा डिप बोरिङ जडान भएको ३० वर्ष नै पुगिसकेको छ, तर अझैसम्म विद्युतीकरण, पाइपलाइन विस्तार र समिति गठन गरिएको छैन। त्यसै कारण बोरिङ सञ्चालनमा छैनन्”, केन्द्र प्रमुख महासेठले भने।
सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै सिँचाइको दीर्घकालीन समाधान स्वरूप पाँच सय डिप बोरिङ जडान गर्ने घोषणा गरेको छ। सिरहामा भने विगतमा गाडिएका बोरिङमध्ये करिब ६० प्रतिशत सञ्चालन हुन सकेका छैनन्।
स्थानीय किसान तथा सरोकार भएकाहरू जिल्लाभर करोडौँ खर्चेर जडान भएका बोरिङ सञ्चालनमा जोड दिनुपर्ने र सरकारको घोषणाअनुसार आवश्यक ठाउँमा नयाँ जडान गर्नुपर्ने बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
