कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा साधारणतया बदली रहनेछ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थान दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ।

राती कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेश, कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।