विदेशबाट व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउँदा विमानस्थल भन्सार कार्यालयमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल त्यसको समाधानका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिक स्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले यसअघि पनि निर्देशन दिएको भए पनि नागरिक स्तरबाट त्यसको कार्यान्वयन नगरिएको गुनासो आएकाले प्रधानमन्त्री दाहालले पुनः यस्तो निर्देशन दिएका हुन्।
सोमबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले अमेरिकाबाट नेपाल आएका नेपालीलाई मोबाइल ल्याउन रोक लगाएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले अर्थ मन्त्रालयलाई समस्या समाधानका लागि निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिए।
“आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको छ”, प्रेस सल्लाहकार शर्माले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
