काठमाडौँ–मन्थली सडक पहिरोले अवरुद्ध

सडक अवरुद्ध  भएपछि काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै  मन्थलीसम्म चल्ने यातायातका साधन बीच बाटोमा रोकिएका छन्।

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ।  

सडक अवरुद्ध  भएपछि काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै  मन्थलीसम्म चल्ने यातायातका साधन बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले जानकारी दिए। सडकको छेउतिरको भाग भत्किएर खोलासम्म पुगेको उनले बताए।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताएका छन्।