नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।

काठमाडौँ– अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ। 

डार्विनो काजालिस एरिनामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो। 

नेपालका कुशल मल्लले २९, दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४ तथा भीम सार्कीले १७ रन बनाए। आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाए।