रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। काठमाडौँबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका थिए। एकतर्फी रूपमा सडक सञ्चालनमा आएपछि बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यस्थलतर्फ लागेको उनले बताए।
माथिबाट बगेर आएको लेदो र सडकमुनिबाट तामाकोशीले कटान गर्दा पुष्पलाल मार्गअन्तर्गत पर्ने चरिकोट–मन्थली सडक अवरुद्ध भएको थियो। सडकको तलबाट तामाकोशीले कटान गर्ने र माथिबाट पहिरो खसेपछि यहाँको सडक पटकपटक भासिने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
