बुधबार भएको आफ्नो पाँचाैं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो।
काठमाडाैँ– अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी२० सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।
बुधबार भएको आफ्नो पाँचाैं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो। नेपालले यसअघि मंगलबार होबर्ट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको थियो।
नेपालले दिएको १४० रनको सामान्य लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो। मेलबर्नका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए। जय लेमिरे १८ र ह्यारी डिक्सन १६ रनमा आउट भए।
नेपालका सोमपालले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए। यस्तै, कुशल भुर्तेलले २ तथा शहाब आलम र रुपेश सिंहले समान १/१ विकेट लिए।
डार्विनो काजालिस एरिनामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।
नेपालका लागि कुशल मल्लले २९, दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४ तथा भीम सार्कीले १७ रन बनाए भने आरिफ शेख र रुपेश सिंहले समान १२ रन जोडेका थिए।
नेपालले शुरूका तीन खेलमा पराजय बेहोरे पनि पछिल्ला दुई खेलमा भने शानदार जित हात पारेको छ। पहिलो खेलमा एनटी स्ट्राइक, दोस्रो खेलमा बांग्लादेश ए र तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
