कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नौ ओभरमा घटाइएको खेलमा काठमाडौँले विराटनगरलाई जितका लागि ९३ रनको लक्ष्य दिएको थियो। तर, विराटनगर ५८ रनमा अलआउट भयो।
काठमाडौँ– नेपाल टी-२० लिगमा काठमाडौँ नाइट्सले विराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नौ ओभरमा घटाइएको खेलमा काठमाडौँले विराटनगरलाई जितका लागि ९३ रनको लक्ष्य दिएको थियो। विराटनगर खेल सकिन एक बल बाँकी छँदै ५८ रनमा अलआउट भयो।
विराटनगरका गौरान्सु शर्माले सर्वाधिक २२ रन बनाए। विवेककुमार यादवले १२ र नन्दन यादवले ११ रन बनाए। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। काठमाडौँका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। अनिल खरेल र सुनम गौतमले समान २/२ तथा वसिर अहमद र अभिनाश बोहराले समान १/१ विकेट लिए।
काठमाडौँका सन्दीप रजालीले अविजित ३२ रन बनाए। उनले २२ बलमा २ चौका र २ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र मल्ल ११ बलमा १ चौका प्रहार गर्दै १४ रनमा आउट भए। कमलसिंह ऐरी ५ बलमा २ छक्कासहित १४ रनमा अविजित रहँदा एलेक्स ब्लेकले १३ रनको योगदान गरे।
विराटनगरका नन्दन यादवले सर्वाधिक ३, हुसेन तलत र केयोन जोसेफले समान एक विकेट लिए। काठमाडौँका सन्दीप रजाली खेलकाे ‘प्लेयर अफ द म्याच’ भए। जितपछि ७ खेलबाट ८ अंक जाेडेकाे काठमाडौँ अंक तालिकाकाे तेस्रो स्थानमा छ।
यसअघि दुई खेलमात्र जितेकाे विराटनगर भने ७ खेलबाट ४ सहित पाँचौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
