२०८१ चैत ११ गते प्रतिनिधिसभामा दर्ता भएको सो विधेयकमाथि गत साउन ८ गते सामान्य छलफल भएको थियो।
काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए।
सरकारले सो विधेयक, २०८१ चैत ११ गते प्रतिनिधिसभामा दर्ता गराएको थियो। सो विधेयकमाथि गत साउन आठ गते प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ५ गते बिहीबार अपराह्न १ः०० बजे बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
