कीर्तिपुर मैदानमा प्यारापेट निर्माण अन्तिम चरणमा [तस्वीरहरू]

६ वटा फ्लडलाइट जडान गर्न पोल ल्याइसकिएको छ। केही दिनमा जडान शुरू गर्ने तयारी छ।

कीर्तिपुर मैदानमा प्यारापेट निर्माण अन्तिम चरणमा [तस्वीरहरू]
सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापेट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ। 

बीकेओआई–केसीडीसी–बीजी जेभीले प्यारापेट निर्माणको ठेक्का ४३ करोड ७७ लाख रुपैयाँमा लिएको थियो। उसले २०८१ फागुन २० गते काम थालेको थियो। निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलका अनुसार अब सरसफाइ, रेलिङ फिटिङलगायत काम मात्रै छ। 

null

१० हजार दर्शक क्षमताको मैदानमा पूर्वी र पश्चिमखण्ड छन्। पूर्वीखण्डमा २ हजार २९० कुर्सी राखिएको र पश्चिमखण्डमा ७ हजार ७१० कुर्सी राखिएको पौडेलले बताए। 

फ्लडलाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जेभीले ठेक्का लिएको थियो। अहिले ६ वटा लाइट जडान गर्न पोल ल्याइसकेको र केही दिनमा जडान शुरू गर्ने कम्पनीले जनाएको छ।

nullnullnullnullnull