सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा खसेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेको छैन। यसले दशैँ र तिहारका लागि ल्याइने सामान आयातमा समस्या भएको छ।
चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेको छैन।
बर्खा लागेयता पटक–पटक पहिरो पन्छाएर राजमार्गमा यातायात सञ्चालन गरिँदै आइएको थियो। सो दिनको पानीले राजमार्गभन्दा माथि रहेको बस्ती नै जोखिममा पर्ने भएपछि हाल राजमार्ग पूर्ण रूपमा बन्द भएको हो।
सडक नखुल्दा दशैँ र तिहारलक्षित सामग्री संघीय राजधानी काठमाडौँ ल्याउन पाइएको छैन। सडक बन्द भएपछि करिब एक हजार ७०० कन्टेनर तातोपानी क्षेत्र चिनियाँ भू–भागमा रोकिँदा व्यापारी समस्यामा परेका छन्।
तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएकाले बाटो दसैँअघि खुल्छ भन्न सकिने अवस्था नरहेको जानकारी दिए। उनका अनुसार अहिले तातोपानी क्षेत्रमा मात्रै करिब एक हजार सामान लोड गरेका कन्टेनर छन्।
हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए।
“दशैँतिहारलाई आयात गरेको सामान दशैँपछि आएर कुनै फाइदा छैन। तातोपानी नाकाको जम्मा ३० मिटर पहिरो हो जसरी पनि हटाएर राजमार्ग खुलाउनुपर्छ,” उनले भने।
चीनबाट विशेष गरी विद्युतीय सवारीसाधन, इलेकट्रोनिक वस्तु र लत्ताकपडाजस्ता वस्तु आयात हुने गरेको छ। चीनबाट आउने वस्तु विशेष गरी दशैँ–तिहारलाई आवश्यक पर्ने वस्तु हुन्।
दशैँ–तिहारदेखि चिसोलाई आवश्यक पर्ने लत्ताकपडा खरिद गर्न अहिले धेरै व्यापारी चीन पुगेका छन्। तर, छिटो र सस्तोमा सामान आयात हुने उत्तरी नाका बाढीपहिरोका कारण दुई सातादेखि बन्द भएपछि व्यापारी चिन्तित बनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
