एनपीएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिरमा हुने भएको छ।
प्रतियोगिता आगामी मंसिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान)द्वारा बिहीबार जारी प्रेस विज्ञप्ति जनाएको छ। उक्त प्रतियोगिता लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ।
गत वर्ष मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना भएको पहिलो संस्करणको एनपीएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ। एनपीएलमा हाल आठ वटा टोली छन्। जसमा विराटनगर किंग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौँ गुर्खान, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स छन्।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्टस्ले जितेको थियो। एनपीएलको दोस्रो संस्करणको तयारी स्वरुप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति भइरहेको छ। हाल प्याराफिट निर्माण भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
