कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनीत

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतकमा रमेश लेखकलाई मनोनीत गरेका छन्।

फाइल तस्वीर

काठमाडौँ– नेपाली कांग्रेसको प्रतिनिधिसभा मुख्य सचेतकमा रमेश लेखक मनोनीत भएका छन्। लेखकलाई कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतकमा मनोनीत गरेका हुन्।

सभापति देउवाले पार्टीको संसदीय दलको विधानबमोजिम नेता लेखकलाई मुख्य सचेतक मनोनीत गरेको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए।

लेखक प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर-३ बाट १२ हजार मतान्तरसहित निर्वाचित भएका हुन्। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले ३० हजार ५७५ र नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४८५ मत ल्याएका थिए।