पाकिस्तान साहिन्सद्वारा नेपाललाई १४५ रनको लक्ष्य

अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई  १४५ रनको लक्ष्य दिएको छ।​​​​​​

काठमाडाैँ– अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजको अन्तिम खेलमा पाकिस्तान साहिन्सले नेपाललाई  १४५ रनको लक्ष्य दिएको छ।​​​​​​

डार्बिनको मरारा क्रिकेट ग्राउन्ड २ मा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान साहिन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४४ रन बनायो। पाकिस्तानी टोलीका लागि कप्तान इरफान खानले सर्वाधिक ४२ रन बनाए। अब्दुल समादले २६ र मोहमद बसिमले २३ रन जोडे।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। यस्तै, नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान २/२ र कुशल भुर्तेलले १ विकेट लिए।

नेपालले ५ खेल खेल्दा ३ मा हार र २ मा जितको नतिजा निकालेको छ। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको थियो। भने ​​​​​​​होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो।