रोजगारीका लागि बेलायत पठाउने भन्दै ४३ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै आठ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले बानेश्वरबाट १ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (यूके) पठाउने भन्दै आठ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१४ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने २९ वर्षीय बसन्त कार्की रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। उनले भने, “पक्राउ परेका कार्कीले आठ जनालाई यूके पठाउने भन्दै ४३ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा बानेश्वरबाट पक्राउ गरिएको हो।”

निज कार्की नयाँ बानेश्वर काठमाडौँमा रहेको शिक्षा खोज नेपालका सञ्चालकसमेत रहेको र निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।