संखुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभासहित पूर्वीनेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।

काठमाडौँ– संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वीनेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए नभएको बारेमा कुनै विवरण भने प्राप्त हुन सकेको छैन। 

२०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपश्चात् नेपालमा कम म्याग्निच्युडका भूकम्प जानेक्रम रोकिएको छैन।