कलेजो सर्जन भण्डारीको ‘सकिएन’ बजारमा

प्राडा भण्डारी यसअघि ‘मायालु भाका’, ‘धन्यवाद’, ‘एउटा जीवन’, ‘किन होला’, ‘तिम्रो नै माया’लगायत गीत सार्वजनिक भइसकेका छन्।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेश सिंह भण्डारीको नयाँ गीत ‘सकिएन’ बजारमा आएको छ। 

प्राडा भण्डारीले आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार गीत सार्वजनिक गरेका हुन्। गीतमा शब्द, स्वर र संगीत उनकै रहेको छ। रेकर्डिङ देव लामाले गरेका छन्।

प्राडा भण्डारी व्यस्त चिकित्सा जीवनबाट फुर्सद निकालेर केही न केही सिर्जनशील काम गरिरहन्छन्। सांगीतिक र खेलकुद गतिविधिमा उनको संलग्नता त्यसको उदाहरण हो। 

यसअघि उनका ‘मायालु भाका’, ‘धन्यवाद’, ‘एउटा जीवन’, ‘किन होला’, ‘तिम्रो नै माया’लगायत गीत सार्वजनिक भइसकेका छन्।