विद्यालयस्तरीय राष्ट्रिय नाटक महोत्सव सम्पन्न

अक्षरा स्कुलको आयोजना र लालाबालाको सहकार्यमा काठमाडौँको पिंगलास्थानस्थित ‘स्टुडियो थिएटर’मा भएको विद्यालयस्तरीय पाँच दिने दोस्रो राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ।

काठमाडौंँ– अक्षरा स्कुलको आयोजना र लालाबालाको सहकार्यमा काठमाडौँको पिंगलास्थानस्थित ‘स्टुडियो थिएटर’मा भएको विद्यालयस्तरीय पाँच दिने दोस्रो राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ।

कवि तथा अभिनेता विजय बरालको प्रमुख आतिथ्यमा भदौ २ गते उद्घाटन भएको महोत्सव शुक्रबार सम्पन्न भएको आयोजक स्कुल अक्षराले जनाएको छ। समापन कार्यक्रममा आयोजक स्कुल अक्षराकी संस्थापक निर्देशक अन्जु भट्टराईले सहभागी विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेकी थिइन्।

null

कार्यक्रममा बोल्दै उनले यसरी भव्य रूपमा नाटक महोत्सव गर्न पाएकामा खुसी व्यक्त गरिन्। उनले साहित्य, संगीत, कला र संस्कृति मानव जीवनका अभिन्न अंग भएकाले विद्यालय तहकै नानीबाबुहरूलाई अभिनयात्मक कला सिकाउनु अपरिहार्य भएकाले राष्ट्रिय नाटक महोत्सव आयोजना गरेको बताइन्।

महोत्सवमा ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका गरी विभिन्न १७ वटा स्कुलका १७ वटा नाटक मञ्चन भए। जसमा भ्याली भ्यु स्कुलद्वारा ‘इच्छा भर्सेस समय’, ग्ल्याडस्टोन एकेडेमीको ‘गीता’, आकाशगंगा इन्टरनेसनल एकेडेमीको ‘बैमानी काल’, ग्ल्याडस्टोन एकेडेमीको ‘गीता’, पिक प्वाइन्ट एडुकेसन नेटवर्कको ‘यशस्वी भवः’ नाटक मञ्चन भए।

null

यस्तै, ग्लोबल पब्लिक स्कुलको ‘द टेल अफ इन्द्रजात्रा’, निस्ट स्कुलको ‘पार्वती’, कान्जिरोवा राष्ट्रिय माध्यमिक विद्यालयको ‘दुःखी राजकुमारी’, काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको ‘समीर नाचेको दिन’, हिमालयन ह्वाइट हाउस स्कुलको ‘द ग्रिक मिथोलोजी ओलम्पियाग्ना’, टाइम्स इलिमेन्ट्रि स्कुलको ‘दुःखी राजकुमारी’, आकाशगंगा इन्टरनेसनल एकेडेमीको ‘बैमानी काल’ नाटक प्रस्तुत गरिएका थिए।

यस्तै, रोजबड स्कुलको ‘परदेशको स्कुल’, क्रिएटिभ एकेडेमी स्कुलको ‘सपनासँगको शून्यता’, द जोय हाउस कलेक्टिव स्कुलको ‘द जोय माछाको रंगीन सपना’, काष्ठमण्डप विद्यालयको ‘द इन्टरनेट इज अ डिस्ट्र्याक्ट–ओ लुक अ किटेन!’ र आयोजक स्कुल अक्षराको ‘मोक्षको मार्ग’ गरी १७ वटा नाटक मञ्चन भएका थिए। 

null

समापन कार्यक्रममा नेपाली चलचित्रका निर्देशक तथा नेपाली पटकथा लेखक प्रदीप भट्टराईलगायत विभिन्न क्षेत्रका कलाकारहरूको उपस्थिति रहेको थियो। यसअघि भएको नाटक महोत्सवको पहिलो संस्करण लालाबालाले आयोजना गरेको थियो।