यी दुवै देशहरूसँग भारतको सम्बन्ध खराब हुँदै गइरहेको बेला पाकिस्तानबाट यति उच्च तहका नेता ढाका पुग्नुलाई महत्वका साथ हेरिएको छ।
पाकिस्तानका विदेशमन्त्री इशाक डार शनिबार बांग्लादेशको राजधानी ढाका पुगेका छन्। २०१२ पछि पाकिस्तानबाट यति उच्च तहका नेता ढाका पुगेको यो पहिलो पटक हो।
दुई देशबीच आइतबार व्यापार सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। पाकिस्तानी विदेशमन्त्री डारले बांग्लादेशमा सत्तामा रहेका अन्तरिम नेता मोहम्मद युनुसलाई पनि भेट्ने बताएका छन्।
यी दुवै देशहरूसँग भारतको सम्बन्ध खराब हुँदै गइरहेको छ। अगस्ट २०२४ मा तत्कालीन बांग्लादेशी प्रधानमन्त्री शेख हसिनाले देश छोडेदेखि नै भारतको ढाकासँगको सम्बन्ध तिक्ततापूर्ण छ। साथै, अप्रिलमा पहलगाम आक्रमण र त्यसपछि मे महिनामा दुई देशहरू बीचको सैन्य द्वन्द्वपछि पाकिस्तानसँग पहिले नै चिसो सम्बन्ध झन् नाजुक भएको छ। यस्तो अवस्थामा यो भ्रमणलाई भारतले पनि नजिकबाट नियाल्ने विश्लेषकहरूले बताएका छन्।
"बांग्लादेश आफ्नो छिमेकमा भारतको सबैभन्दा नजिकको साझेदार रहेको छ र अब यो भारतको मुख्य प्रतिद्वन्द्वी (पाकिस्तान)सँग मिठो कुराकानी गरिरहेको छ," दक्षिण एशियाको भूराजनीतिबारे जानकार अमेरिकी विश्लेषक माइकल कुगेलम्यान भन्छन्।
शेख हसिनाले देश छोडेर भारतमा शरण लिएपछि बांग्लादेश र पाकिस्तानबीच समुद्री व्यापार पुनः शुरू भएको छ। फेब्रुअरीमा, दुई देशले सरकारहरू बीच व्यापार सम्बन्ध बढाउने घोषणा पनि गरे। डारभन्दा पहिले, बिहीबार, पाकिस्तानका वाणिज्यमन्त्री जाम कमल खानले पनि ढाकामा दुई देशहरूबीच व्यापार र लगानी बढाउन संयुक्त आयोग गठन गर्न सहमति जनाएका थिए। यसपछि, दुवै देशका शीर्ष सैन्य कमान्डरहरूले पनि शुक्रबार पाकिस्तानमा भेटघाट गरेका थिए।
१९४७ मा भारत विभाजनपछि बांग्लादेश कुनै समय पाकिस्तानको भाग थियो र १९७१ अघि यसलाई पूर्वी पाकिस्तान भनिन्थ्यो। १९७१ मा बांग्लादेश पाकिस्तानबाट अलग भएर नयाँ देश बन्यो। पाकिस्तानको सेनामाथि पूर्वी पाकिस्तानका नेताहरू र आम जनतामाथि क्रूर अत्याचार गरेको आरोप छ। बांग्लादेशले स्वतन्त्रताको संघर्षको क्रममा लाखौं मानिसहरू मारिएको बताउँछ। ढाकाका धेरै मानिसहरू अझै पनि पाकिस्तानलाई यी हत्याकाण्डहरूको लागि माफी माग्न आग्रह गर्छन्।
तर अहिले सत्तामा आएका मोहम्मद युनुस शेख हसिनालाई आश्रय दिएकोमा भारतसँग रिसाएका छन्। युनुसले गम्भीर अपराधका मुद्दामा शेख हसिनालाई संरक्षण गरेर भारतले न्यायमा बाधा पुर्याएको आरोप लगाइरहेका छन्। हसिनामाथि २०२४ मा बांग्लादेशमा शुरू भएको विद्यार्थी आन्दोलनलाई जबरजस्ती दबाएको आरोप छ।
बांग्लादेशले शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएको छ। देशमा फेब्रुअरी २०२६ मा आम चुनाव हुँदैछ। ढाकाले भारतले अझै पनि अवामी लिगलाई समर्थन गरिरहेको आरोप लगाएको छ। साथै, भारतले "आफ्नो भूमिबाट अर्को देश विरुद्ध कुनै पनि राजनीतिक गतिविधि गर्न अनुमति नदिने" बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
