जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर लामो पुलको २०७८ चैत २३ गते शिलान्यास भएको थियो। पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका बासिन्दा लाभान्वित हुनेछन्।
चौतारा– सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र छ।
दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ८ करोड रुपैयाँमा पुल निर्माण गर्न सूर्य जेभीले ठेक्का पाएको थियो। जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर लामो पुलको २०७८ चैत २३ गते शिलान्यास भएको थियो। पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका बासिन्दा लाभान्वित हुनेछन्।
जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार स्थानीय सरकारले पटक–पटक निर्माणकार्य अघि बढाउन आग्रह गरे पनि ठेकेदारले बेवास्ता गरिरहेका छन्।
निर्माणको जिम्मा पाएको सूर्य जेभीका प्रोपाइटर गणेश आर्चाय ‘ड्रइङ डिजाइन’को ‘एप्रुभ’ भइसके पनि चरिकोट डिभिजन कार्यालयले भिओ नबनाइदिएको कारण काम शुरू नभएको दाबी गर्छन्।
पुलको बीचको पिलर १० इन्च फरक परेको र सोको ड्रइङ पुनः निर्माण गरेर एप्रुभ भइसकेकाले भिओ र बिल भुक्तानीको काम नरोकिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठले बताए।
जुगल गाउँपालिका–५ का वडाध्यक्ष रवीन्द्र घिमिरे पुल निर्माण अघि नबढ्दा जनताले सास्ती भोग्नुपरेको बताउँछन्। नदी वारिपारि गर्न झोलुंगे पुल भए पनि जीर्ण भएकाले जोखिम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
