बागमती र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भागका केही र अन्य प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भागका केही र अन्य प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ। बागमती र कर्णालीका पहाडी भूभागमा भारी वर्षा हुनेछ। मधेशलगायत कोशी र लुम्बिनीका तराई भूभागमा हुरीबतासको पनि सम्भावना छ।

राति मधेश, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकीका पहाडी भूभागका केही र बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।