नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित

फुरगेल्जे शेर्पा ३४२ मतसहित अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाएका छन्।

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन्। 

आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। शेर्पा ३४२ मतसहित विजयी हुँदा गुरुङले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्‌मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा विजयी भएका छन्। सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामा विजयी भए। कोषाध्यक्षमा शेर्पा र लामाले बराबर मत पाएपछि आधाआधा कार्यकाल चलाउने सहमति भएको छ।

त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ।